२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

कम्युनिस्ट आन्दोलनबारे बहस गर्नु आवश्यकता छ : पुष्प कमल दाहाल (प्रचण्ड)

२७ भाद्र २०७८, आईतवार २०:१७

भाद्र २७, काठमाण्डौं


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा परशुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नाम पुस्तक विमोचन गर्दै प्रचण्डले अहिले बैचारिक खडेरी परेकाले सबैले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले अहिलेको परिस्थितिमा आएको आवश्यकताको नाममा मार्क्सवादलाई गलत दिशातर्फ लैजान खोजिएको पनि बताउनुभयो । उहाले पेरुका कम्युनिस्ट नेता गोन्जालोको रिहाइका लागि माओवादीले पनि अभियान चलाएको धारणा पनि राख्नुभयो । प्रचण्डले माओवादी आन्दोलनबाट धेरै उपलव्धी प्राप्त भएको भन्दै कसलै यसलाई अपमूल्यन गर्न नसक्ने तर्क गर्नुभयो । उहाले नेपालको कम्युनिष्ट एकता एउटा प्रयोग भएको तर्क गर्नुभयो । माओवादीले ओली नेतृत्वको एमालेसंग एकता गरेको र अहिले पार्टी बिभाजन हुँदा ज्ञान प्राप्त गरेको उहाले बताउनुभयो ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट पार्टीहरु विदेशीसामु लम्पसार पर्ने गरेको बताउनुभयो । कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकारको प्रवृत्ति देखिसकेपछि यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरुले सही र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै कार्यक्रमका सहभागीहरुले कम्युनिस्ट आन्दोलनलाई सशक्त ढंगले अघि बढाउनुपर्ने बताएका थिए । माओवादी नेतासमेत रहनुभएका परशुराम तामाङको पुस्तक जागरण बुक्स हाउसले बजारमा ल्याएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV