२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

कप्तान ज्ञानेन्द्र मल्ल शून्यमै आउट

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहीबार १०:५१

इमेर्जिङ टिम्स एसिया कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ । बंगलादेशमा आजदेखि सुरु एसिया कपमा नेपालले पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमै गुमाएको हो । त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषवाकर र कुशल भुर्तेलले नेपालको पारी उकास्ने कोसिस गरिरहेका छन् । १५ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा नेपालले ४७ रन बनाएको छ । नेपाल रहेको समूह ‘बी’ मा भारत, आयोजक बंगलादेश र हङकङ छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV