२०८२ जेष्ठ ३०, बिहिबार

   2025, Jun 12 Thursday

एमाले प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने

२४ कार्तिक २०७८, बुधबार १७:३१

२४ कात्तिक, काठमाडौं।


नेकपा एमालेले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको छ ।
बुधबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले जानकारी दिनुभयो ।
हाल पार्टीमा ७ लाख ३० हजार सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोड भन्दा बढि जम्मा हुने उहाले बताउनुभयो । बैठकमा महाधिवेशन उपसमितिहरुले पेश गरेको कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको भट्टराईले बताउनुभयो ।
महाधिवेशनको उद्घाटन मध्यान्ह १२ बजे चितवनको नारायणी नदि किनारमा अध्यक्ष केपी ओलीले गर्ने र बन्द सत्र सौराहामा हुने एमालेले जनाएको छ । उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट ५ लाख जनपरिचालन गर्ने योजना रहेको भट्टराईले जानकारी दिनुभयो । त्यसअघि कार्तिक २७ गते प्रतिनिधिको निर्वाचन गरेर १९ सय ९९ प्रतिनिधि छनौट गर्ने र ३० गतेभित्र प्रतिनिधिको नाम केन्द्रीय कार्यालयमा उपलव्ध गराउने उहाले बताउनुभयो ।
महाविधेशन अन्तर्गत १० गते हुने उद्घाटनसत्र पछि ११ गते नै निर्वाचन प्रक्रिया सुरु हुने तथा १२ गते निर्वाचनका लागि मतपरिणाम आउने सचिव भट्टराईले बताउनुभयो । महाधिवेशनका लागि यसपटक पोष्टर नटास्ने, भितेलेखन नगर्ने र डिजिटल माध्यमबाट प्रचार प्रसार गर्ने एमालेले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV