२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

एमाले कार्यदलको बैठकमा कुनै पनि सहमति जुटेन, बुधबार पुन बैठक बस्ने

२२ असार २०७८, मंगलवार १९:२१

२२ असार २०७८, काठमाण्डौं

नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलमा मंगलबार पनि सहमतिका लागि बिभिन्न बिकल्पमा छलफल भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकमा सहमतिका लागि अघि सारिएका बिभिन्न बिकल्पमाथि छलफल भएको र छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । बैठकपछि कार्यदल सदस्य गोकर्ण बिष्टले विवाद समाधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको तर कुनै सहमति नभएको बताउनुभयो । उहाले बिभिन्न कोणबाट विमति भएका बिषयमा छलफल भएको जानकारी दिनुभयो । सहमति हुनेगरी बुधबार पुन बैठक बस्ने बिष्टले बताउनुभयो ।
त्यस्तै कार्यदल सदस्य भीम रावलले बिभिन्न समयमा एमालेभित्र भएका घटनाका बिषयमा छलफल भएको जानकारी दिनुभयो । एमाले भित्र देखिएका समस्या समाधानका लागि पनि छलफल भएको उहाको भनाई छ । थप बुधबार बैठक बसेर समस्या समाधानका लागि आएका धारणाहरुका आधारमा अघि बढ्ने उहाले बताउनुभयो ।
कार्यदलबीच सोमबार पनि कार्यदलबीच छलफल भएको थियो । पार्टीभित्रको विवाद समाधानका लािग अध्यक्ष केपी शर्मा ओली समूहबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो । कार्यदलमा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल हुनुहन्छ भने माधव समूहबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनुहुन्छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV