२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

प्रकाशित मिति: २९ असार २०७८, मंगलवार १२:२८

२८ असार २०७८, काठमाण्डौं

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।
प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि यस विषयमा छलफल गर्न आज दिउँसो १ बजे एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा सरकारबाट बाहिरिने, सर्वोच्चको आदेशबारे समीक्षा गर्ने बताइएको छ । यस्तै एमालेको आन्तरिक विवादबारे पनि ठोस सहमतिको प्रयास बैठकले गर्ने छ । हिजोको स्थायी कमिटी बैठकमा एमाले विवाद समाधान कार्यदलका माधवकुमार नेपाल पक्षीय नेता भीमबहादुर रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउनुभएको थियो । दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि आइतबार १० बुँदे सहमति सार्वजनिक गरेको थियो । स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक तय हुने तामाङले जानकारी दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV