२०७८ मंसिर २१, मङ्लबार

   2021, Dec 7 Tuesday

एमालेको संयुक्त स्थायी कमिटी बैठक तत्कालका लागि स्थगित

२ असार २०७८, बुधबार ०८:१३

२ असार २०७८ बुधबार

आजकालागि बोलाउने भनिएको एमालेको संयुक्त स्थायी कमिटी बैठक तत्कालकालागि स्थगित गरिएको छ ।
प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजकालागि संयुक्त स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी गराउनु भएको थियो । तर, अन्तिम समयमा आएर हिजो साँझ तत्कालकालागि बैठक स्थगित गरिएको हो । सर्वोच्च अदालतले एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काइदिएकाले त्यतिबेला रहेका कमिटी ब्युँतिएर बैठक बस्नुपर्ने नेपाल पक्षको माग छ । तर, ओलीले फागुन २८ यता कमिटीहरूमा आफू अनुकूल हेरफेर गरिसकेकाले नेपाल पक्षको मागको सुनुवाइ गर्नुभएको छैन । उहाँले यसअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरूलाई समेत समेटेर जेठ ३ पूर्वको अवस्थामा फर्काउने बताउनुभएको थियो । ओली पक्षका नेताहरूले दुवै पक्षको जित हुनेगरी बैठक बोलाइने ’मोडालिटी’ खोजिरहेका छन् । सो पक्षले हिजो बालुवाटारमा यस विषयमा गृहकार्य गर्नुभएको थियो । उनीहरूले नेपाल पक्षका मध्यमार्गी नेताहरूसँग पनि समन्वय गरिरहनुभएको छ । मंगलबार दिउसो पनि ओली र नेपाल पक्षका केही नेताबीच अनौपचारिक छलफल भएको थियो । उहाँहरूकै सुझाव अनुसार आज बस्ने भनिएको बैठक केही दिन पर सारिएको बताइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV