२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

एमालेको विवाद समाधान कार्यदलको बैठक सहमति नजिक

प्रकाशित मिति: २५ असार २०७८, शुक्रबार २०:२८

असार २५, २०७८ काठमाण्डौं

नेकपा एमालेको विवाद समाधान कार्यदलले विवादित बिषयमा सहमति जुटाएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको करिव सात घण्टा लामो बैठकले सहमतिका लागि तयार गरिएको मस्यौदामाथि सहमति जुटाएको हो । सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताउनुभयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेको उहाले बताउनुभयो । त्यस्तै उहालसहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि शनिबार बैठक बस्ने जानकारी दिनुभयो । उहाले सहमतिका बुँदा थाहा पाउन केहि समय कुर्न आग्रह गर्नुभयो ।
त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै बिषयमा सहमति जुटेको बताउनुभयो । उहाले केहि बिषयमा शनिबार छलफल हुने बताउनुभयो । उहाले लगभग सहमतिमा पुगेको जानकारी दिनुभयो ।
एमालेको विवाद समाधानका लागि कार्यदल केहि दिनदेखि निरन्तर छलफलमा छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV