२०८१ माघ १, मङ्लबार

   2025, Jan 14 Tuesday

एमालेका चार जना मन्त्रीले ले पाए निरन्तरता

२२ जेष्ठ २०७८, शनिबार ११:१८

२ जेठ २०७८, शनिबार


प्रधानमन्त्री केपी शर्मा ओदलीले आफ्नो नेतृत्वको मन्त्री मण्डल पुनर्गठन गर्नु भएको छ ।
पुनर्गठित मन्त्री मण्डलमा एमालेका चार जना मन्त्रीले निरन्तरता पाएका छन् भने एमालेकै तर्फबाट रघुवीर महासेठ र शेरबहादुर तामांग लाई मन्त्री पद दिएर पुरस्किृत गरिएको छ । नयाँ मन्त्री मण्डलमा जनता समाजवादी पार्टीकै एउटा धार महन्थ ठाकुरका पक्षबाट ८ जनालाई मन्त्री र २ जनालाई राज्यमन्त्री बनाईएको छ । आज पुनगर्ठित मन्त्रीमण्डलमा तीन प्रधानमन्त्री सहित १७ जनालाई मन्त्री बनाईएको छ । नव नियुक्त मन्त्रीहरुलाई शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनु भएको थियो ।
जसपाका तर्फबाट वरिष्ठ नेता राजेन्द्र महतोे उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् । ओलीले मन्त्रीमण्डलमा मन्त्रीहरु विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, वसन्त कुमार नेम्वाङ र लिलानाथ श्रेष्ठ दोहोरिएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा पदान्नती गरिएको छ । त्यस्तै रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्रको जिम्मेवारी दिइएको छ । यससँगै ओली नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री भएका छन् । त्यस्तै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन भने यतिबेला प्रधानमन्त्रीसँगै रहेकाछन् । जसपाको तर्फबाट शरत सिहं भण्डारी उर्जा, अनिल झा खानेपानी , बिमल श्रीवास्तव– श्रम, उमाशंकर अरगरिया वन, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला, एकबाल मियाँ युवार चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला राज्यमन्त्रीको सपथ लिएका हुन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV