२०७८ बैशाख ३१, शुक्रबार

   2021, May 14 Friday

इन्द्रावती गाउंपालिका स्तरिय रास्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ

प्रकाशित मिति: ३० चैत्र २०७७, सोमबार १५:३५

दिक्षा गौतम

दोस्रो इन्द्रावती गाउंपालिका स्तरिय रास्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिता राजेश्वरि माध्यमिक विधालयको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको थियो । प्रतियोगिता यहि चैत्र २७ , २८ र २९ गते संचालन गरिएको थियो । गाउँपालिकाको वडा नं ७ स्थित राजेश्वरि मा ।विमा संचालन गरिएको सो प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङ्गको प्रमुख आत्यिथा रहेको थियो । प्रतियोगितामा २६ किसिमका खेलकुदहरु समावेश गरिएको थियो । प्रतियोगितामा भलिबल ,रनिङ्ग , हाई जम्प , लङ्ग जम्प लगायतका खेलहरु समावेश गरिएको थियो र गाउँपालिका भित्रका १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । इन्द्रावति गाउंपालिका स्तरिय रास्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा २३ वटा गोल्ड मेडल सहित राजेश्वरि मा।वि प्रथम भएको थियो । एशेलुखर्क मा।वि ४ वटा गोल्ड मेडल सहित दास्रो भएको थियो भने १ वटा गोल्ड मेडल सहित सिम्पालेशवरि मा।वि तोस्रो स्थिान हाँसिल गर्न सफल भएको थियो । प्रतियोगितामा सहभागि तथा विजयिहरुलाई मेडल , शिल्ड , प्रमाण पत्र प्रधान गरएको थियो । दोस्रो इन्द्रावती गाउंपालिका स्तरिय रास्ट्रपती रनिङ शिल्ड प्रतियोगिता संचालनका लागि गाउँपालिकाले करिब २ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङ्गले बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV