इन्द्रवाती नदीमा आएको बाढीबाट सयौं नागरिकहरु घरवारविहिन
६ असार २०७८, आईतवार १८:२२
६ असार २०७८, आइतबार
गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीबाट सयौं नागरिकहरु घरवारविहिन भएका छन् ।
बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका क्षेत्र तहसनहस भएपछि बेघर भएका नागरिकलाई बासको समस्या भएका छन् । बाढी घटेपछि पनि नागरिकको घर नै बालुवाले पुरिएको छ । केहि स्थानीयहरुले पुरिएका घरबाटै बचेका सामान निकालेका छन् । बाढीका कारण बजार नै बालुवाले पुरिएपछि स्थानीयको जनजिवन सहज हुन निकै समय लाग्ने देखिएको छ । बाढीपछि बेपत्तामध्ये अहिलेसम्म ४ जना मात्र सम्पर्कमा आएका छन् भने ३ जना मृत भेटिएका छन् , अझै दर्जनबढीको अवस्था अज्ञात छ । अहिले पनि सो क्षेत्रमा सुरक्षाकर्मीले उद्धार र खोजी कार्य जारी नै राखेका छन् ।
पुरिएका क्षेत्र र घरबाट बालुवा र लेदो हटाउने प्रयास पनि भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।