२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

आयरल्याण्ड र डेनमार्कद्धारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

४ असार २०७८, शुक्रबार २२:११

४ असार २०७८ शुत्रबार

कोरोना संक्रमण नियण्त्रण, उपचार र रोकथामका लागि विभिन्न देशबाट स्वास्थ्य सामग्री आउने क्रम जारी छ । तर, प्राप्त सहयोगबारे सरकारले तथ्यांक भने सार्वजनिक गरेको छैन ।
सहयोग आउने क्रममा नेपाललाई आयरल्याण्ड र डेनमार्कले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामाग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो । अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर लगायतका सामग्री बुझ्दै स्वास्थ्य मन्त्री तामाङले प्रभावित क्षेत्रमा प्रयोग गरिने प्रतिवद्धता जनाउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV