२०८१ माघ २८, सोमवार

   2025, Feb 10 Monday

आफुमाथि अन्याय भएको लागू औषध नियन्त्रण ब्यूरो प्रमुख एसएसपी दिलिप चौधरी को भनाई

९ असार २०७८, बुधबार १९:५८

९ असार काठमाण्डौैं

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो प्रमुख एसएसपी दिलिप चौधरीले आफुमाथि अन्याय भएको बताउनुभएको छ ।
लागुऔषध नियन्त्रण व्यूरोले मिति २०७७ बैशाख १७ देखि २०७८ असार ९ गतेसम्म गरेका महत्वपूर्ण उपलब्धीहरु बुधबार सार्वजनिक गर्दै आफुलाई अन्याय भएको बताउनुभएको हो । उहाले आफु एसपी हुँदा १ नम्बरमा भए पनि डिआइजी हुनबाट संगठन र राज्यले बञ्चित गराएको आरोप लगाउनुभयो । चौधरीले आफ्नो बढुवा माथिल्लो निकायबाटै रोकिएको बताउदै २०७४ मा भएको निर्वानको कुरालाई लिएर विभेद गरेको आफुले जानकारी पाएको बताउनुभयो । उहाले निर्वाचनमा आफुले कसैलाई काखा र पाखा नगरेको जिकिर गर्दै नखाएको विष लागेको तर्क गर्नुभयो ।
एसएसपी चौधरीले आफु लागुऔषध ब्यूरो प्रमुख भएदेखि गरेका कार्यहरुको वर्णन गर्नुभएको थियो । उहाले विभिन्न मितिमा भएका सफल कार्यहरुलालाई पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो । गत तीन पर्षको अनुपातमा लागुऔषध सम्बन्धी मुद्दामा कमि आएको उहाले जानकारी दिनुभयो । उहाले यो वर्ष ६५ वटा मुद्दा दर्ता भएको बताउदै पक्राउ पर्नेमा पुरुषको संख्या बढेको र महिलाको संख्या घटेको उल्लेख गर्नुभयो । उहाले गाजाँ बरामदको संख्या घटेको भए पनि खैरो हिरोइनको संख्या बढेको बताउनुभयो ।
उहाले नेपाल भरी लागू औषध सम्बन्धी मुद्दा दर्ता संख्या ३० हजार ९ सय ७३ रहेको र लागू औषधको ब्यूरोले मात्रै दर्ता गरेको मुद्दा ३ सय ५० वटा रहेको जानकारी दिनुभयो । व्यूरो प्रमुख चौधरीले नेपाल प्रहरीको ५५ वर्षे उमेर हदका कारण बुधबार नै अवकास पाउनुभएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV