आज विश्व वातावरण दिवस, पर्यावरण सम्बन्धि अभियन्ताहरुले भर्चुल माध्यामबाट विभिन्न कार्यक्रम गरि मनाउदै
२२ जेष्ठ २०७८, शनिबार १५:५४
२२ जेठ २०७८, शनिबार
आज विश्व वातावरण दिवस, पर्यावरण सम्बन्धि अभियन्ताहरुले भर्चुल माध्यामबाट विभिन्न कार्यक्रम गरि मनाउदै छन् ।
वातावरण जोगाउन विभिन्न चेतानामुलक कार्यक्रम गरि यो दिवस हरेक वर्ष नेपालमा पनि मनाइन्छ । कोरोना महामारिका कारण गतवर्ष देखि यो दिवसका अवसरमा ठुला औपचारिक कार्यक्रम हुन सकेका छैनन् । यस्तै, दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलेनेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि सबैले प्रण गर्न आह्वान गर्नुभएको छ । सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्न, वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न, नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि यो दिवसले थप उत्साह दिने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वातावरणीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न राष्ट्रपतिले आह्वान गर्नु भएको छ ।