२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

आज मौसममा सामान्यदेखि पूर्ण बदली रहने

२१ श्रावण २०७८, बिहीबार १०:३५


२१ साउन २०७८ काठमाण्डौं


आजपनि देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने छ । मौसम पुर्वाअनुमान महाशाखाका अनुसार आजपनि मौसममा सामान्यदेखि पूर्ण बदली रहने भएको हो ।
आज प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV