२०७८ कार्तिक १०, बुधबार

   2021, Oct 27 Wednesday

आज भारी बर्षा हुनसक्ने भएकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागको अपिल

२९ जेष्ठ २०७८, शनिबार १५:२३

२९ जेष्ठ २०a७८, शनिबार


गण्डकी, लुम्विनी र कर्णाली प्रदेशमा आज भारी बर्षा हुनसक्ने भएकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ ।
देशको पुर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण भारी वर्षा हुन सक्ने भएकाले सर्तक रहन विभागले अपिल गरेको हो । यता, काठमाडौंमा पनि आज बिहानदेखि वर्षा भईरहेको छ । देशभर आंशिक देखि सामान्य बदली भई अन्य स्थानहरुमा समेत वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेकाले महाशाखाको अनुमान छ । नेपालमा हिजोदेखि मनसुन भित्रिएको हो । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजबाट नेपालमा मनसुन थप क्रियाशिल भएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV