२०८१ मंसिर २०, बिहिबार

   2024, Dec 5 Thursday

आज नेपाली काँग्रेसका तर्फबाट डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुत्त हुँदै

६ आश्विन २०७८, बुधबार ०८:२०


६ असोज, काठमाडौँ


सत्तारुढ गठबन्धनमा दलहरु बीच मन्त्रिमण्डललाई शीघ्र पुर्णता दिने बिषयमा सहमती जुट्यो । आज नेपाली काँग्रेसका तर्फबाट डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुत्तहुँदै ।
मंगलबार अपरान्ह बालुवाटारमा बसेको परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको हो । सहमति जुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले उनलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् । खड्कालाई आजै बुधबार बिहान नियुक्त गरिने स्रोतले जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय गरेको थियो । दलहरुबीच मन्त्रिमण्डललाई शीघ्र पूर्णता दिने विषयमा बैकठमा छलफल भएको र बुधबार पुनः गठबन्धनको बैठक बस्ने कार्यसूची तय भएको छ । मंगलबार बसेको बैठकले विशेषगरी सरकार विस्तारका विषयमा नै केन्द्रित रहेर छलफललाई अगाडि बढाएको श्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV