२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

आज क्षुद्रग्रह दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै

१७ असार २०७८, बिहीबार १५:०९

१७ असार २०७८

आज क्षुद्रग्रह दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । नेपाल एष्ट्रो.नोमिकल सोसाइटीले विभिन्न कार्यक्रम आयोजना यो दिवस मनाउन लागेको हो ।
विश्वका विभिन्न देशमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो । सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई मान्यता दिएपछि भने सन् २०१७ देखि धेरै देशले मनाउन थालेका छन् । सोसाइटीले सन् २०१७ र २०१८ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सँग मिलेर दिवस मनाएको थियो । सौर्यमण्डल बन्दा अवशेषका रूपमा मङ्गल र बृहस्पति ग्रहका बीचमा रहेको भागलाई क्षुद्रग्रह भनिन्छ । यी ग्रह पृथ्वीलाई पार गरेर जान सक्ने भएकाले खतरा रहेको अध्यक्ष भट्टराई बताउँछन् । सन् १९०८ मा रसियास्थित साइबेरियाको जङ्गली क्षेत्रमा सानो क्षुद्र ग्रह आएर टुङस्का नामको घटना भएको थियो । जङ्गली क्षेत्रमा ठोक्किएकाले वन सखाप भएको थियो । यसैले पृथ्वीलाई खतरा हुन सक्ने क्षुद्रग्रहको अध्ययन अनुसन्धान गरिनुपर्ने माग सोसाइटीले राख्दै आएको छ । सोसाइटीले सन् २०१६ देखि क्षुद्रग्रह खोज अभियान शुरु गरेको छ । यसक्रममा सन् २०२१ को मेसम्म एक हजार १९४ क्षुद्रग्रह सोसाइटीकै नेतृत्मा भएको खोजबाट पत्ता लागेको छ । यीमध्ये ११ वटाले अस्थायी नाम पाएका छन् । एउटा भने पृथ्वीका लागि खतरनाक रहेको छ । यसको नाम २०१९ के–के ५ राखिएको छ । यी ग्रह पृथ्वीको कक्ष काटेर जाने बेलामा खतरा मानिन्छन् । क्षुद्रग्रहलाई नाङ्गो आँखाले देख्न सकिँदैन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV