२०८२ असार २४, मङ्लबार

   2025, Jul 8 Tuesday

आगामी निर्वाचनमा एमाले सबै भन्दा बलियो पार्टी हुने रायमाझीको दावी

४ भाद्र २०७८, शुक्रबार १८:५१


४ भाद्र, काठमाण्डौं


नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले आगामी निर्वाचन एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने दावी गर्नुभएको छ ।
एमालेको भातृ संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै रायमाझीले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर अन्य पार्टी टुक्रिने अवस्था सिर्जना भएकाले एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने बताउनुभएको हो । उहाले एमाले सबै प्रकारका षडयन्त्रको बिरुद्ध उत्रने उल्लेख गर्नुभयो । उहाले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न गरेको भन्दै प्रतिगामी कदम बिरुद्ध शसक्त भएर लाग्ने जिकिर गर्नुभयो ।
अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै अनेरास्वविययू विरोधमा उत्रेको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV