२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

आगामी चूनावमा माओवादीले वडा पनि नजित्ने ओलीको दावी

३० भाद्र २०७८, बुधबार १८:५२

३० भाद्र, काठमाण्डौं


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चूनावमा माओवादीले वडा पनि नजित्ने दावी गर्नुभएको छ ।
बुधबार बुटवलमा आयोजित सभामा उहाले यसअघि आफ्नो पार्टीले सहयोग गरेर केहि सिट जितेको भन्दै अव वडा पनि नजित्ने दावी गर्नुभएको हो । ओलीले अघिल्लो चुनावमा आफूले औँला दिँदा अहिलेको अवस्थामा आएका माओवादीलाई अबको चुनावमा आफूले हात पनि नदेखाउने बताउनुभयो । नेता नेपालतिर लागेर सही ठाउँमा नपुगिने भन्दै ओलीले एमालेमा फर्कन कार्यकर्तालाई आग्रह गर्नुभयो । ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी पनि गर्नुभयो । उहाले अहिलेको सरकार आउने चुनावसम्म टिक्न मुस्किल हुने दाबी गर्दै चुनावसम्म अहिलेको सरकार टिकोस् भन्ने कामना गरेको जिकिर गर्नुभयो ।
त्यस्तै उहाले एमाले नेतृत्वको सरकारले मुलुकको बिकासका लागि धेरै काम गरेको भन्दै अहिलेको सरकारले सिन्को पनि भाच्न नसकेको टिप्पणी गर्नुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV