२०८१ माघ १, मङ्लबार

   2025, Jan 14 Tuesday

अष्ट्रेलियाको भिक्टोरियालाई केन्द्र बनाएर गयो भूकम्प

६ आश्विन २०७८, बुधबार १०:२६


६ असोज, काठमाडौँ,


अष्ट्रेलियाको भिक्टोरियालाई केन्द्र बनाएर भूकम्प गएको छ ।
स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् । बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म त्यसको धक्का महसुस भएको थियो । ९ बजे गएको भूकम्पपछि अर्को कम्पन पनि महसुस भएको थियो । केही ठाउँमा आवासीय घरहरू भत्किएका दृश्यहरू सार्वजनिक भए पनि भूकम्पको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भूकम्प गएको क्षेत्रका नागरिकलाई सुरक्षित रहन र अप्ठेरो परे उद्दारका लागि तयार रहेको त्यहाँको सरकारले बताएको छ । भूकम्पपछि सुनामी आउने खतरा नभएकोले आत्तिन नपर्ने भन्दै शान्त्वना दिइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV