२०७७ माघ १०, शनिबार

   2021, Jan 23 Saturday

अव एम्बुलेन्स मा क्यामेरा जडान

प्रकाशित मिति: २६ पुष २०७७, आईतवार १८:०७

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष क्यामरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन गर्ने भएको छ ।
ट्राफिक नियम उलंघन गर्ने सवारीसाधानलाई जुनसुकै बेला र जहा पनि ट्राफिक सर्भिलेन्स भेहिकलमार्फत निगरानी गरिने महाशाखाले जनाएकाो छ ।
उक्त भ्यानको अग्रभागमा ४ वटाा सिसिटीभि क्यामेरा जोडिएको छ उक्त क्यामेराले २०० मिटर अगाडीसम्मको दृश्यलाई कैद गर्न सक्ने महासशाखाले जनाएको छ । भ्यानभित्रै सञ्चार सेट, कम्प्युटर, प्राथमिक उपचारका साधन समेत रहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै महाशाखाले घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । एसएसपी भट्टराईले कामकारवाही गर्ने सिलसिलामा हुन सक्ने गलत कामलाई अन्त्य गर्नका लागि आवश्यक कदल चालिने बताउनुभयो ।
उहाले ट्राफिक प्रहरीलाई प्रलोभन देखाउनलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV