२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच संघर्ष जारी

१९ श्रावण २०७८, मंगलवार १३:१३

१९ साउन २०७८, काठमाण्डौं


अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच संघर्ष जारी छ ।
विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सघाईरहेको छ । लस्करगाहमा तालिवान विद्रोहीहरुले टेलिभिजन स्टेशन समेत कब्जा गरिसकेका छन् भने सर्वसाधारणहरु शहर छाडेर अन्यत्र गईरहेका छन् । हेलमण्ड प्रान्तमा सवैतिर लडाई जारी रहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई उद्धृत गर्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी र व्रिटिस सेनाको केन्द्र बनेको हेलमण्डमा तालिवानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलै धक्का हुने छ । लस्करगाह विद्रोहीले कब्जामा लिएको पहिलो प्रान्तीय राजधानी हो । विद्रोहीहरुले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार कब्जा गर्ने कोशिस पनि जारी राखेका छन् । यस्तै अर्को शहर हेरातमा पनि लडाई जारी छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने क्रम शुरु भएपछि तालिवान विद्रोहीले आक्रमण तीव्र बनाउँदै आएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV