२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

अध्यादेश मार्फत ल्याईने बजेट अर्थमन्त्री विष्णु पौडेलले बालुवाटारबाट सार्वजनिक गर्ने

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहीबार १८:०८


२०७८ जेष्ठ १३ बिहिबार
शुक्रबार अपरान्ह आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकार, १५ गते शनिबार अध्यादेश मार्फत ल्याईने बजेट अर्थमन्त्री विष्णु पौडेलले बालुवाटारबाट सार्वजनिक गनुहुनेभएको छ ।
मुलुकको आर्थिक सर्वेक्षण प्रतिवेदन शुक्रबार अपरान्ह अर्थमन्त्रालयमै सावेजनिक गरिने भएको छ । मुलुकमा कोरोना माहामारकिो प्रकोप रहेकाले ज्यादै भीडभाड नगरि सामान्य कार्यक्रमको आयोजना गरेर अर्थ मन्त्रालयको सभा कक्षबाट भच्र्युअल माध्यमले आर्थिक सर्वेक्षण सार्वजनिक गरिने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरि आगामी आर्थिक बर्षको बजेट भने अध्यादेश मार्फत ल्याउने तयारीमा सरकार रहेको छ । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते शनिवार बालुवाटारबाटै आगामी बर्षको बजेट सार्वजनिक गर्नु हुने भएको छ । प्रतिनिधिसभा विघटन भएकै कारण अर्थमन्त्री पौडेलले अध्यादेश मार्फत आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै छन् । नयाँ संविधान लागू भएपछिको यो अध्यादेश मार्फत प्रस्तुत हुने पहिलो बजेट हो । सरकारले बजेट प्रस्तुत हुने भन्दा १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि तरल राजनीतिका कारण यो पटक सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेन । काम चलाउ सरकारले काम चलाउ बजेट ल्याउनुपर्ने विज्ञहरुले भनिरहेका बेला चुनाव घोषणा भईसकेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको बुझिएको छ । सबैलाई रिझाउने मेलोका कारण बजेट बढी पपुलर खालको हुने आंकलन गरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव बढाउने घोषणा गरिसकेका छन । अर्थले यसलाई निर्देशनकै रुपमा लिएको छ । यस्तै करको दरमा केही हेरफेर हुने देखिएको छ । सबैलाई रिझाउन खोज्दा बजेटको आकार भने बढ्ने देखिन्छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV